मंगलबार २६ फाल्गुण २०८२
समाज

ललितपुरबाट चितुवाको उद्धार

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले कुसुन्ती हाइटमा रहेको माछापुच्छ्रे स्कुलको स्टोर कोठाबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ।

उद्धार कार्यमा सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरीय प्रहरीको संयुक्त टोलीले सहयोग गरेको थियो। चितुवालाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएपछि सुरक्षित रूपमा उद्धार गरिएको हो।

सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार करिब १० वर्ष उमेर र झण्डै ६० किलो तौल भएको उक्त चितुवालाई उद्धारपछि उपचारका लागि चिडियाखानास्थित वन्यजन्तु अस्पतालमा राखिएको छ। उपचार सम्पन्न भएपछि चितुवालाई पुनः प्राकृतिक बासस्थानमै फर्काइने उनले बताए।

चिडियाखानाले पछिल्लो एक वर्षमा विभिन्न २४१ वन्यजन्तु, चराचुरुङ्गी तथा स्तनधारी प्रजातिको उद्धार गरेको जनाएको छ। तीमध्ये उपचारपछि ५७ वटा जनावरलाई पुनः प्राकृतिक बासस्थानमा छाडिएको छ।

तपाईको प्रतिक्रिया