मंगलबार २६ फाल्गुण २०८२
राजनीति

बंगलादेशका प्रधानमन्त्रीले दिए निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौं। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री रहमानले सोमबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्नुभएको हो। उहाँले यस निर्वाचनले नेपाली नागरिकको आकांक्षा, धैर्यता तथा लोकतान्त्रिक संस्थाहरूको क्षमता स्पष्ट रूपमा देखाएको उल्लेख गर्नुभयो।

उहाँले नेपाल र बंगलादेशबीच रहेको पुरानो मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा व्यापार, विकास र क्षेत्रीय सहकार्यका क्षेत्रमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

बंगलादेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि माघ महिनामा सम्पन्न निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेपछि तारिक रहमान प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।

तपाईको प्रतिक्रिया