नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँच सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
मंगलबार राति करिब १:३० बजे विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक भारतीय नम्बरको कन्टेनरले ओभरटेक गर्ने क्रममा बसलाई ठक्कर दिएपछि मोटरसाइकलसहित अन्य दुई बससमेत ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक अमर कार्की र महेन्द्र महतारासहित बसका ७ जना घाइते भएका छन्। उनीहरुको चितवनको भरतपुर र मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।
कन्टेनर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ।
तपाईको प्रतिक्रिया