बिहीबार २८ फाल्गुण २०८२
राजनीति

नयाँ संसद् बैठक बस्ने तयारी हुँदै

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ। परिणाम सार्वजनिक भएपछि ३० दिनभित्र संसद् अधिवेशन बोलाइने तयारी भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ।

संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। सचिवालयका अनुसार भने प्रायः एक–दुई हप्ताभित्रै पहिलो बैठक बोलाइने गरिएको छ।

पहिले ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने र सभामुख चयन नभएसम्म उनले नै बैठक सञ्चालन गर्ने व्यवस्था रहेको छ।

निर्माणाधीन संसद् भवन तयार नभएकाले प्रारम्भिक बैठक भने अस्थायी हलमा बस्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया