बिहीबार २८ फाल्गुण २०८२
राजनीति

प्रतिनिधिसभा निर्वाचनः २,८९० को जमानत जफत, ३५० उम्मेद्वारको ० मत

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।

निर्वाचन आयोगका अनुसार कुल ३,४०६ उम्मेदवारमध्ये २,८९० जनाले आवश्यक मत ल्याउन नसक्दा जमानत जफत भएको हो भने ५१६ जनाले मात्र जमानत जोगाएका छन्।

निर्वाचन कानुनअनुसार उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गरेमा मात्र जमानत फिर्ता हुन्छ। १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।

आयोगका अनुसार जमानत जफत भएकामध्ये ३५० उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन्।

जमानत जोगाएका उम्मेदवारले चुनावको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निवेदन दिएपछि धरौटी रकम फिर्ता पाउने निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया