शनिबार ३० जेठ २०८३
समाज

काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति शनिबार गठन गरिएको हो।

गत शुक्रबार बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुबाहक बस सडकबाट करिब ३०० मिटर तल खस्दा आठ जनाको ज्यान गएको थियो। दुर्घटनामा अन्य १६ जना यात्रु घाइते भएका छन् र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गठित समितिलाई दुर्घटनाको कारण, सम्भावित लापरवाही तथा जिम्मेवार पक्षको पहिचान गरी विस्तृत अनुसन्धान प्रतिवेदन सात दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया