आइतबार ३१ जेठ २०८३
राजनीति

चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालैको निर्वाचनको नतिजाले आफूहरूलाई निराश नबनाएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अपेक्षाअनुसारको परिणाम प्राप्त नभए पनि पार्टीले आफ्नो राजनीतिक यात्रा जारी राख्ने स्पष्ट पारे।

घिसिङले पछिल्लो निर्वाचनलाई पार्टीका लागि महत्वपूर्ण अनुभव र सिकाइको अवसरका रूपमा व्याख्या गर्दै यसलाई आगामी सफलताको आधारशिला भएको बताए। उनले प्रारम्भिक चुनौतीहरूलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै पार्टीलाई अझ सशक्त र देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनताले देखाएको विश्वास र समर्थन नै आफ्नो मुख्य शक्ति रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा यही विश्वासलाई संगठन विस्तार र राजनीतिक अभियानको आधार बनाइने बताए।

कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई सदस्यता विस्तार अभियानलाई तीव्र बनाउन निर्देशन दिँदै संगठन निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे।

तपाईको प्रतिक्रिया