परासी । जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट फरार भएका ५४६ कैदीबन्दीमध्ये अझै १७२ जना फरार रहेको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रमुख सुवोध महतोका अनुसार हालसम्म ३७४ जना पक्राउ परेका वा आफैँ सम्पर्कमा आएका छन्।
फरारमध्ये ४१ जना भारतीय नागरिक रहेकामा हालसम्म तीन जनालाई मात्र पक्राउ गरिएको छ। बाँकी भारतीय कैदीबन्दी अझै फरार छन्।
प्रहरीका अनुसार नेपाली कैदीबन्दी नेपालभित्रै पक्राउ पर्ने सम्भावना भए पनि भारत पुगेका भारतीय नागरिकलाई पक्राउ गर्न चुनौती रहेको छ।
तपाईको प्रतिक्रिया