काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका छन्।
अध्यक्षका प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको एकता र वृहत्तर हितका लागि उम्मेदवारी फिर्ता लिएपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन्। सहमतिअनुसार शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष रहने भएका छन्।
महाधिवेशनले मलेसिया, बेलायत, कतार, अस्ट्रेलिया, दक्षिण कोरिया, युएईलगायत देशबाट उपाध्यक्ष चयन गरेको छ भने महासचिवमा गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का चयन भएका छन्।
यसैगरी सचिव, कोषाध्यक्ष, महिला तथा युवा पदाधिकारी तथा विभिन्न क्षेत्रीय संयोजकसमेत सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै महाधिवेशन आज सम्पन्न हुँदैछ।
तपाईको प्रतिक्रिया