मंगलबार २ असार २०८३
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्‌मा गोप्य मतदान गरौँ : यादव

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिलाई लिएर संसद्मा गोप्य मतदान गराउनुपर्ने माग गरेकी छन्। प्रधानमन्त्रीको भनाइबारे संसद्ले स्पष्ट निर्णय लिनुपर्ने आवश्यकता औंल्याउँदै उनले गोप्य मतदान उपयुक्त माध्यम हुने बताइन्।

मंगलबार (असार २) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तालगायतका नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गतिविधि थप आक्रामक बनेको दाबी गरिन्। नेपाली भूमिमा बल प्रयोग भइरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उनले सरकारसमक्ष उठाइन्।

उनले प्रधानमन्त्री शाहको उक्त भनाइबारे सरकारले स्पष्ट जवाफ नदिएसम्म आफ्नो दलको विरोध कायम रहने चेतावनी समेत दिइन्। संसद्मा उठाइएको विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने उनको जोड थियो।

तपाईको प्रतिक्रिया