मंगलबार २ असार २०८३
राजनीति

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी जनकसिंह धामीलाई पराजित गरेका हुन्। धामीले १५४ मत हासिल गरेका थिए।

निर्वाचन नियमअनुसार कुल खसेको मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो चरणमै विजयी हुने व्यवस्था रहेको छ। सोही आधारमा विष्ट पहिलो चरणबाटै सभापतिमा निर्वाचित भएका हुन्।

यसअघि पनि प्रदेश सभापतिको जिम्मेवारी सम्हालिसकेका विष्टले पुनः नेतृत्वको अवसर पाएका छन्। उनका प्रतिस्पर्धी धामी भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

प्रदेश नेतृत्व चयनका लागि सभापतिसहित १६ भौगोलिक तथा १५ खुला एवं समावेशी सदस्य पदमा मतदान सम्पन्न भएको थियो।

सभापति पदको टुंगो पहिलो चरणमै लागेपछि अब उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री पदका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। कार्यसमिति सदस्यहरूको निर्वाचन पनि दोस्रो चरणमा गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया