मंगलबार २ असार २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठक आज १५ मिनेटका लागि स्थगित गरिएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्री बैठकमा अनुपस्थित रहेको विषय उठेपछि सभामुखले बैठक रोक्ने निर्णय गरेका हुन्।

छलफलका क्रममा सांसद गोपाल शर्माले संसद् नियमावलीको व्यवस्था उल्लेख गर्दै सम्बन्धित मन्त्रीको उपस्थितिविना सो मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि छलफल अगाडि बढाउन नमिल्ने बताए। उनले नियमावली विपरीत प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए।

सांसद शर्माको आपत्तिपछि सभामुखले विषयमा आवश्यक समन्वयका लागि बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्।

तपाईको प्रतिक्रिया