मंगलबार २ असार २०८३
राजनीति

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

आयोगले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारबाट अर्याललाई नियन्त्रणमा लिएको जनाएको छ।

पासपोर्ट खरिदसँग सम्बन्धित प्रकरणको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। उक्त प्रकरणमा अनियमितता भएको आशंकामा आयोगले अनुसन्धान अघि बढाइरहेको छ।

 

तपाईको प्रतिक्रिया