राजनीति
सांसदको शपथपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउने रास्वपाको तयारी
बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदहरूको शपथपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउने योजना बनाएको छ। कानुनअनुसार निर्वाचन आयोगले अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया सुरु हुन सक्ने भए पनि रास्वपाले पहिला सांसदको शपथ गराएर मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
निर्वाचन आयोगले ५ चैतमा अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ भने संसद् सचिवालयले १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ गराउने सम्भावना रहेको जनाएको छ। शपथपछि संसदीय दलको नेता चयन गरी राष्ट्रपतिलाई जानकारी गराइने र त्यसपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गरिने बताइएको छ।
यसअनुसार नयाँ सरकार १४–१५ चैतभित्र गठन हुन सक्ने अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया