बुधबार ४ चैत २०८२
राजनीति

रास्वपाको सांसद अभिमुखीकरणको समापनमा आज रवि लामिछानेले सम्बोधन गर्ने

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव–निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार सुरु भएको कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए। पहिलो दिनको कार्यक्रममा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आज हुने समापन समारोहमा सभापति लामिछाने सहभागी भई सांसदहरूलाई सम्बोधन गर्नेछन्। उपसभापति अर्यालले पनि शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म वरिष्ठ नेता शाह पनि कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन्।

रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरिएको भए पनि वरिष्ठ नेता शाहको सहभागिताबारे भने स्पष्ट उल्लेख गरिएको छैन।

 

तपाईको प्रतिक्रिया