बुधबार ४ चैत २०८२
राजनीति

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। सचिवालयका अनुसार उनीहरूबीच शिष्टाचार भेटसमेत भएको थियो।

यसैदिन प्रधानमन्त्री कार्कीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पदाधिकारीहरूसँग पनि भेट गरेकी थिइन्। सो अवसरमा उनले चुनाव सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा नेताहरूलाई धन्यवाद व्यक्त गरेकी थिइन्।

तपाईको प्रतिक्रिया