बुधबार ४ चैत २०८२
अर्थ

एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

काठमाडौं । काठमाडौंमा सुन र चाँदीको मूल्य घटेको छ। बुधबार (चैत ४) सुनको भाउ प्रतितोला २,२०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले सस्तो भई ५ हजार १५० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया