बुधबार ४ चैत २०८२
राजनीति

वर्तमान संविधानप्रति रास्वपा प्रतिवद्ध छ : रवि लामिछाने

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

 

काठमाडौं । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको संविधानप्रतिको प्रतिबद्धता स्पष्ट पारेका छन्।

बुधबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले शासकीय स्वरूपमा सुधार आवश्यक रहेको उल्लेख गरे पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टी अडिग रहेको बताए। साथै, उनले पार्टीका सांसदहरूले पनि यस प्रतिबद्धतालाई कायम राख्ने विश्वास व्यक्त गरे।

उनले विगतका राजनीतिक दलका नेताहरूको योगदानलाई बेवास्ता गर्न नहुने धारणा राख्दै त्यसलाई अपमान गर्ने अधिकार कसैसँग नभएको बताए। “इतिहास निर्माणमा कुनै एक नेता वा दल मात्र जिम्मेवार हुँदैन,” उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया