सांसदहरूलाई रविले भने- मन्त्री बन्छु भनेर मिडिया ट्रायल नगर्नुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा पठाइने व्यक्तिहरूबारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।
बुधबार आयोजित सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै उनले पार्टीभित्र मन्त्री बन्ने विषयमा अनावश्यक चर्चा नगर्न आग्रह गरे। उनले भने, अहिले कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै टुंगो लागिसकेको छैन, त्यसैले यसबारे अनुमान वा प्रचार नगर्नुपर्ने बताए।
लामिछानेले पार्टीले योग्यताका आधारमा सही व्यक्तिहरू छनोट गर्ने विश्वास दिलाउँदै सांसदहरूलाई व्यक्तिगत रूपमा लबिङ नगर्न पनि सुझाव दिए। उनले पार्टीले सबैको क्षमता र योगदानलाई मूल्यांकन गरेर निर्णय लिने उल्लेख गरे।
त्यसै क्रममा उनले आफू र पार्टी दुवै लोकतान्त्रिक व्यवस्था र वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको दोहोर्याए। यद्यपि, समयअनुसार शासकीय स्वरूपमा केही सुधार आवश्यक रहेको उनको धारणा थियो। उनले वर्तमान व्यवस्था र परिवर्तनप्रतिको प्रतिबद्धता भविष्यमा पनि कायम रहने बताए।
तपाईको प्रतिक्रिया