काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आयोजना हुनेछ।
सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया