राजनीति
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने
बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयोगका अनुसार बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको प्रांगणमा कार्यक्रम आयोजना गरिनेछ, जहाँ समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले आफ्नो प्रमाणपत्र लिनेछन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीबाट भने १६५ जना निर्वाचित भएका थिए, जसले यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते गर्ने तयारी गरिएको छ।
तपाईको प्रतिक्रिया