शुक्रबार २९ जेठ २०८३
अर्थ

बैंकिङ प्रणालीमा अधिक पैसा थुप्रिएपछि एक खर्ब तान्दै राष्ट्र बैंक

शुक्रबार जेठ २९, २०८३/ Friday 06-12-26

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीमा अत्यधिक लगानीयोग्य पुँजी थुप्रिएकाले उक्त कदम चाल्न लागेको जनाएको हो।

यसअघि पनि राष्ट्र बैंकले जेठ २७ गते २३ दिनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेर बजारबाट तरलता प्रशोचन गरेको थियो।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा करिब ११ खर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता रहेको राष्ट्र बैंकको भनाइ छ। कर्जाको माग अपेक्षाअनुसार नबढेका कारण बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलताको अवस्था कायम रहँदै आएको छ।

यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट रकम खिच्ने कार्य निरन्तर गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया