काठमाडौं । काभ्रेपलाञ्चोकमा भएको एक बस दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन्। जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार दुर्घटनामा परेकामध्ये केही घाइतेको अवस्था गम्भीर रहेको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।
घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। अस्पताल स्रोतका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई सघन उपचारमा राखिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया