काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दाबी गरेका छन्। उनले सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माणबाट रोक्नु रहेको बताएका छन्।
ट्रम्पका अनुसार सम्झौताका कागजात अन्तिम चरणमा पुगेका छन् र छिट्टै हस्ताक्षर हुन सक्छ। तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले केही विषयमा अझै सहमति हुन बाँकी रहेको बताएका छन्।
पछिल्लो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४.४ प्रतिशतले घटेको छ। साथै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको पहलको स्वागत गरेका छन्।
तपाईको प्रतिक्रिया