बुधबार १६ बैशाख २०८३
खेलकुद

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य, जतिन्दरको शतक

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो।

ओमानका कप्तान जतिन्दर सिंहले १३० रनको उत्कृष्ट इनिङ खेले। अन्य खेलाडीहरूले पनि मध्यम योगदान दिए।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। नेपालले अब केहीबेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।

 

तपाईको प्रतिक्रिया