बुधबार १६ बैशाख २०८३
राजनीति

कुमार पौडेल इन्काउन्टर प्रकरणमा २ महिनाभित्र अनुसन्धान गर्न सर्वोच्चको आदेश

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं।  कुमार पौडेल इन्काउन्टर प्रकरणमा सर्वोच्च अदालतले दिएको परमादेशको पूर्णपाठ सार्वजनिक भएको छ। अदालतले जाहेरीमाथि दुई महिनाभित्र अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

मृतककी आमा दुर्गादेवी पौडेलले गैरन्यायिक हत्या भएको दाबी गर्दै दिएको जाहेरीमा अनुसन्धान नगरेको भन्दै रिट दायर गरेपछि अदालतले अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि जाहेरी दर्ता र भरपाई दिइए पनि प्रभावकारी अनुसन्धान नभएको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

अब जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुई महिनाभित्र आवश्यक अनुसन्धान गर्नुपर्नेछ। घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायत अधिकारीहरू अनुसन्धानको घेरामा परेका छन्।

२०७६ असार ५ गते सर्लाहीमा भएको उक्त इन्काउन्टरलाई लिएर मानवअधिकार आयोग र संसद्मा समेत प्रश्न उठ्दै आएको छ।

 

तपाईको प्रतिक्रिया