बुधबार १६ बैशाख २०८३
राजनीति

पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा नयाँ सचेतकको जिम्मेवारी पदम बहादुर परियारलाई दिएको छ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) अनुसार परियारलाई उक्त पदमा मनोनयन गरेका हुन्।

यसअघि सचेतक रहेका कृष्णबहादुर रोकायालाई पदबाट हटाउँदै परियारलाई जिम्मेवारी दिइएको हो।

यसै दिन कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा पनि परिवर्तन गर्दै कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई नयाँ नेता चयन गरेको छ।

तपाईको प्रतिक्रिया