बुधबार १६ बैशाख २०८३
अर्थ

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ९८ करोडको कारोबार

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौँ । बुधबार सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २५.८१ अंकले घट्दै ०.९३ प्रतिशतले तल झरेर २७४४.४५ अंकमा पुगेको हो।

उक्त दिन कारोबार भएका कम्पनीमध्ये केवल ३० वटाको सेयर मूल्य बढ्दा २३५ वटाको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। कुल १ लाख ४ हजार ५ पटकको कारोबारमा १ करोड २१ लाख ३४ हजार ३ सय ६० कित्ता सेयर किनबेच भएको छ।

बुधबारको कारोबार रकम पनि घटेको देखिन्छ। सो दिन ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, जुन अघिल्लो दिनको ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको तुलनामा कम हो।

१३ वटा उपसमूहमध्ये विकास बैंक, सामूहिक लगानी कोष र व्यापार समूहको सूचकमा वृद्धि देखिए पनि अन्य सबै समूहमा गिरावट आउँदा समग्र बजार दबाबमा परेको हो।

तपाईको प्रतिक्रिया