बुधबार १६ बैशाख २०८३
राजनीति

नेपाल–ओमानको भिडन्त आज, शीर्ष चारमा पर्न जित्नै पर्ने दबाब

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल हाल पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष चार टोलीले एकदिवसीय विश्वकपको अन्तिम छनोट खेल्ने अवसर पाउने भएकाले नेपालका लागि यो शृङ्खला महत्वपूर्ण छ। पुछारका चार टोलीले भने पुनः छनोट खेल्नुपर्ने हुन्छ।

घरेलु मैदानमा भइरहेको शृङ्खलामा शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाल चारै खेल जित्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गरिसकेको छ र आज ओमानविरुद्ध पनि जितलाई निरन्तरता दिने प्रयासमा रहनेछ।

हाल नेपालले २१ खेलबाट १४ अंक जोडेको छ भने ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ। नेपाल र ओमानबीच अहिलेसम्म आठ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले तीन जित्दा ओमानले चार खेल जितेको छ भने एक खेल रद्द भएको थियो।

 

तपाईको प्रतिक्रिया