बुधबार १६ बैशाख २०८३
राजनीति

सरुवा भएका कर्मचारी तीन दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा र पदस्थापन भएका कर्मचारीलाई तोकिएको कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयले सम्बन्धित कार्यालयहरूलाई पनि सरुवा भएका कर्मचारीलाई रमाना दिई हाजिर गराउने र आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ। साथै विभिन्न मन्त्रालय र प्रदेश सरकारका कार्यालयहरूबाट विवरण माग गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म धेरै कर्मचारी तोकिएको कार्यस्थलमा नपुगेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो। तीन दिनभित्र हाजिर नभए कानुनअनुसार कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।

 

तपाईको प्रतिक्रिया