बुधबार १६ बैशाख २०८३
माैसम

पोखरा आसपास हुरी र चट्याङले बालीमा क्षति

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

पोखरा । गण्डकी प्रदेशअन्तर्गत पोखरा र आसपासका क्षेत्रमा केही दिनयता आएको हुरी, चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्‍याएको छ।

दैनिकजसो साँझ पर्ने हुरी र वर्षाका कारण लहरे तरकारी, मकैलगायत बालीमा क्षति भएको किसानहरूले बताएका छन्। १५ दिनअघि आएको असिनाले तरबुजा र काँक्रोजस्ता बालीमा क्षति पुर्‍याएकोमा पछिल्लो वर्षाले थप नोक्सानी बढाएको हो।

पोखरा–३३ सुरौदीस्थित एक कृषि फार्ममा चट्याङका कारण एक भैँसी मरेको सञ्चालकले जानकारी दिएका छन्। प्रकृतिजन्य विपद्ले पटक–पटक क्षति बेहोर्नु परिरहेको भन्दै किसानहरूले राज्यको ध्यानाकर्षण गराएका छन्।

 

तपाईको प्रतिक्रिया