काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।
वानखेडेमा हिजो बेलुका भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रन बनायो। मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
जवाफमा २४४ रनको लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर ४ बलमै ४ विकेट गुमाएर सहज जित निकालेको हो। हैदरावादका ट्राभिस हेडले ७६ रन बनाए भने हेनरिक क्लासेन ६५ रनमा अविजित रहे।
यो जितसँगै हैदरावाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई नवौँ स्थानमा रहेको छ।
आजको खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्रतिस्पर्धा हुनेछ।
तपाईको प्रतिक्रिया