बिहीबार १७ बैशाख २०८३
राजनीति

रवि लामिछानेविरुद्ध अभियोग संशोधन निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने

बिहीबार बैशाख १७, २०८३/ Thursday 04-30-26

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

न्यायाधीश अव्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि बैशाख १७ गते महान्यायाधिवक्ता कार्यालयको निवेदनपछि सुनुवाइ स्थगित भएको थियो।

महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले सर्वोच्चमा रिट दायर गर्दै निर्णय बदर र कार्यान्वयन रोक्न माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया