नेप्से २७३८ अंकमा, कारोबार रकम चार अर्ब ९१ करोडमा सीमित
काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट जारी रहेको छ। साताको सुरुदेखि दोहोरो अंकले घट्दै आएको बजार बिहीबार भने सामान्य अंकले मात्रै ओरालो लागेको देखिएको छ।
यसदिन नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दूमा सीमित भएको छ, जुन ०.२० प्रतिशतको गिरावट हो। अघिल्लो दिन बुधबार भने बजार २५.८१ अंकले घटेको थियो।
कारोबारका आधारमा आज एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच भएका छन्, जसको कुल मूल्य करिब ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यो कारोबार ३४६ कम्पनीको सेयरमा भएको हो। यसअघि बुधबार करिब ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सर्वाधिक लाभ कमाउने कम्पनीहरूमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट, एसियन हाइड्रोपावर, रिभर फल्स पावर र एसवाई प्यानल नेपाल रहेका छन्।
त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, माइखोला हाइड्रोपावर, नौ प्रतिशत नविल डिबेन्चर २०८७, एनआईसी एसिया ग्रोथ फन्ड–२ र सोलु हाइड्रोपावर परेका छन्।
तपाईको प्रतिक्रिया