राजनीति
रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने
आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रियामा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। अब पार्टीबाट उम्मेदवार बन्न इच्छुक सदस्यहरूले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडेमी’ दुवै कार्यक्रम सफलतापूर्वक पूरा गर्न अनिवार्य हुनेछ।
आइतबार बसेको सचिवालय बैठकले सक्षम र योग्य नेतृत्व विकास गर्ने उद्देश्यले यस्तो नीतिगत तथा सैद्धान्तिक आधार तय गरेको जनाएको छ।
यसअघि पार्टीले उम्मेदवार छनोटको विस्तृत रूपरेखा तयार पार्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो। सो कार्यदलले तयार पारेको मस्यौदा आइतबार नै पार्टी सभापतिलाई बुझाइसकेको छ।
तपाईको प्रतिक्रिया