सोमबार २१ बैशाख २०८३
समाज

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

काठमाडौं  । जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रमाण अपर्याप्त ठहर गर्दै उनलाई सफाइ दिएको छ। अदालतले ८ वैशाखमा उक्त फैसला सुनाएको हो।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले सरकारी वकिल पक्षले प्रस्तुत गरेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै बमजनलाई दोषमुक्त गरेको हो। उनीविरुद्ध करिब ८ करोड ५९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। यसअघि सोही मुद्दामा उनी पुर्पक्षका लागि थुनामा राखिएका थिए।

यसैबीच, बमजनसँग सम्बन्धित बाल यौन दुरुपयोगको अर्को मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उक्त मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि सरकारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो।

तपाईको प्रतिक्रिया