सोमबार २१ बैशाख २०८३
समाज

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

सोमबार बैशाख २१, २०८३/ Monday 05-04-26

काठमाडौं । नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गगन थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

विश्वकर्मालाई नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले २०८० साल असोज १३ गते संघको अध्यक्षमा नियुक्त गरेका थिए। उनले पारिवारिक तथा स्वास्थ्यसम्बन्धी कारण देखाउँदै पद त्यागेको जनाएका छन्।

तपाईको प्रतिक्रिया