काठमाडौँ । सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल आयातका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अन्तर्राष्ट्रिय टेन्डरमार्फत मल खरिद गर्दै आएका छन्। तर, टेन्डर प्रक्रियामा संलग्न कम्पनीहरूले समयमै आपूर्ति नगर्दा मल अभावको समस्या देखिँदै आएको छ, जसलाई समाधान गर्न जिटुजी प्रणाली अपनाइएको हो।
तपाईको प्रतिक्रिया