सोमबार २१ बैशाख २०८३
समाज

व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश

सोमबार बैशाख २१, २०८३/ Monday 05-04-26

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

भट्टका तर्फबाट उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत दिएको छ। साथै, भट्टलाई समेत उपस्थित गराउन भनिएको छ।

उनी चैत १९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया