सोमबार २१ बैशाख २०८३
राजनीति

लिपुलेक हाम्रो हो, कूटनीतिक संवादबाट निकास खोज्छौँ : प्रवक्ता

सोमबार बैशाख २१, २०८३/ Monday 05-04-26

काठमाडौँ । सरकारले लिपुलेक लगायतका सीमा क्षेत्र नेपालको भूमि भएको अडान दोहोर्‍याउँदै त्यसप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले आज सञ्चारकर्मीसँगको कुराकानीमा सीमा विवादबारे परराष्ट्र मन्त्रालय ले आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार अब यो विषय दुई देशबीच कूटनीतिक संवादमार्फत समाधान खोजिने चरणमा पुगेको छ।

भारतको पछिल्लो वक्तव्यमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयप्रति प्रतिक्रिया दिँदै उहाँले स्पष्ट पार्नुभयो, “यो सीमा विस्तार होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। सरकार यस विषयमा स्पष्ट र दृढ छ।”

मन्त्रालयहरू गाभ्ने सम्भावनाबारे उहाँले हाल कुनै निर्णय नभए पनि प्राविधिक र कानुनी पक्षको अध्ययन भइरहेको उल्लेख गर्नुभयो।

त्यसैगरी प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीको प्रवेश कडाइ गरिएको भन्ने विषयमा उहाँले व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन केही प्रक्रिया सुधार गरिएको मात्र स्पष्ट पार्नुभयो।

 

तपाईको प्रतिक्रिया