सोमबार २१ बैशाख २०८३
समाज

चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुमबासी समस्याको समाधानका लागि सरकारलाई ठोस समयसीमा तोक्न आग्रह गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशत सुकुमबासीको व्यवस्थापन गर्न सुझाव दिएको हो।

बैठकपछि प्रवक्ता मनिष झाले घरबारविहीन नागरिकको उचित व्यवस्थापनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए। उनका अनुसार सो प्राधिकरणले सुकुमबासीको तथ्यांक संकलन नगरेसम्म अन्यत्र जबर्जस्ती हटाउने कार्य (डोजर चलाउने) नगर्न पनि सरकारलाई सुझाव दिइएको छ।

रास्वपाले सुकुमबासीको दीर्घकालीन समाधानका लागि व्यवस्थित योजना आवश्यक रहेकोमा जोड दिएको छ।

तपाईको प्रतिक्रिया