स्थानीय तह निर्वाचनका लागि रास्वपाले यसरी गर्दैछ उम्मेदवारको छनोट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको १३ बुँदे वैज्ञानिक कार्यविधि सार्वजनिक गरेको छ, जसको लक्ष्य ‘सही व्यक्ति, सही ठाउँमा’ चयन गर्नु हो।
छनोटका मुख्य आधारमा लिडरसिप एकेडेमी (२५), राजनीतिक पृष्ठभूमि/जनसम्बन्ध (२५), समावेशिता (१०) र प्रारम्भिक आन्तरिक निर्वाचन (४०) राखिएको छ। लिडरसिप एकेडेमीमा उत्तीर्ण भएकाले मात्र अगाडि बढ्न पाउनेछन्।
उम्मेदवार बन्न इच्छुकले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्नेछ भने नयाँ तथा विज्ञ व्यक्तिका लागि ‘ल्याटरल इन्ट्री’को व्यवस्था गरिएको छ। मतदान प्रक्रिया अनलाइन एपमार्फत हुनेछ र डाटा सुरक्षाका लागि ब्लकचेन तथा निष्पक्षताका लागि ब्लाइन्ड भोटिङ प्रणाली प्रयोग गरिनेछ।
रास्वपाले गुटबन्दी, आर्थिक चलखेल र धाँधलीविरुद्ध शून्य सहनशीलता नीति लिँदै आचारसंहिता उल्लङ्घन गर्नेलाई तुरुन्त निष्कासन र उम्मेदवारी खारेज गर्ने कडा व्यवस्था गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया