सोमबार २१ बैशाख २०८३
खेलकुद

तीन खेल अगावै इन्टर मिलान सिरी ए च्याम्पियन, पार्मामाथि २–० को जित

सोमबार बैशाख २१, २०८३/ Monday 05-04-26

काठमाडौँ ।  इटालीको क्लब इन्टर मिलानले आइतबार राति पार्मामाथि २–० को जित निकाल्दै सिरी ए को उपाधि जितेको छ। यससँगै इन्टरले पछिल्ला ६ सिजनमा तेस्रो पटक लिग उपाधि जित्न सफल भएको हो। उपाधि पक्का भएपछि सान सिरो रंगशाला र मिलान सहरभर समर्थकहरूले भव्य उत्सव मनाए।

इन्टरको जितमा मार्कस थुराम र हेनरिक मखाटेरियनले एक–एक गोल गरे। लिगका अझै तीन खेल बाँकी रहँदा इन्टरले दोस्रो स्थानको नेपोलीमाथि १५ अङ्कको अपराजेय अग्रता कायम गरेको छ।

अङ्क तालिकामा इन्टरको ३५ खेलबाट ८२ अङ्क पुगेको छ। समान खेलबाट नेपोली ७० अङ्कमा र एसी मिलान ६७ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सिरी ए विजेता इन्टरले अब आगामी साता कोपा इटालियाको फाइनलमा लाजियोसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया