मंगलबार २२ बैशाख २०८३
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उक्त बैठकमा संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन्।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले आजै सरकारले सिफारिस गरेका आठवटै अध्यादेश जारी गरिसकेका छन्, जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश छ। सबै अध्यादेश जारी भइसकेपछि अब सरकार संसद अधिवेशन बोलाउने प्रक्रियातर्फ अघि बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया