मंगलबार २२ बैशाख २०८३
समाज

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

काठमाडौँ । काठमाडौंका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलनलाई तीव्र बनाइएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा हालसम्म ३,१११ परिवारले नाम दर्ता गराइसकेका छन्।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरण ले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालाबाट प्रभावित परिवारहरूको विवरण संकलन गरिरहेका छन्।

रंगशालाको पश्चिम भागमा विभिन्न डेस्कहरू स्थापना गरेर परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक जानकारी लिने काम भइरहेको छ।

यससँगै, प्रभावित परिवारहरूको आधारभूत आवश्यकता पूरा गर्न थप सेवा पनि सञ्चालनमा ल्याइएको छ। रंगशालाभित्र स्वास्थ्य परीक्षण, भोजन व्यवस्था र राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध गराइएको छ। यी सम्पूर्ण व्यवस्थापन र समन्वय काठमाडौं महानगरपालिका ले गरिरहेको छ।

तपाईको प्रतिक्रिया