बुधबार २३ बैशाख २०८३
समाज

शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालतले दिएन अनुमति

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्। मंगलबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएका उनलाई न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राख्ने आधार नदेखिएको भन्दै म्याद थप अस्वीकार गरेको हो।

अदालतले दिएको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राख्न आवश्यक अवस्था नदेखिएको उल्लेख गरिएको छ।

यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी मुद्दामा गोल्छालाई रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

तर, सोही दिन उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्को आरोपमा पुनः पक्राउ गरेको थियो। बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई फेरि नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया