बुधबार २३ बैशाख २०८३
बिजनेस

अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष रहेका उनी स्वतः अध्यक्ष बनेका हुन्।

श्रेष्ठ करिब २४ वर्षदेखि महासंघसँग आबद्ध छन्। उनले २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरी राजस्व समिति, उद्योग समिति र रोजगारदाता परिषदमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

व्यवसायिक रूपमा उनी लक्ष्मी ग्रुपसँग आबद्ध छन्। उनले कन्फेक्सनरी उद्योगबाट व्यवसाय सुरु गर्दै अहिले सुजल फुड, प्याकेजिङ, स्टिल, ट्रेडिङ तथा अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेका छन्।

लक्ष्मी ग्रुपअन्तर्गत विभिन्न उद्योगमार्फत तीन हजारभन्दा बढीले रोजगारी पाएका छन्।

 

तपाईको प्रतिक्रिया