राजनीति
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26
काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारको रूपमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
डा. अग्रवाल त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार उनले कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई विज्ञका रूपमा मात्र सेवा प्रदान गर्नेछन्।
तपाईको प्रतिक्रिया