प्रधानमन्त्री कार्यालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गर्दै आएका सवारी साधनबारे विस्तृत जानकारी संकलन गर्न पहल थालेको छ। यसका लागि गृह मन्त्रालयलाई औपचारिक निर्देशन दिइएको छ।
प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनी सीमाभन्दा बढी सवारी सुविधा लिएको वा विभिन्न निकायबाट दोहोरो सुविधा उपयोग गरिरहेको देखिएपछि यो कदम चालिएको हो। त्यसैका आधारमा मंगलबार गृह मन्त्रालयसँग स्पष्ट विवरण माग गरिएको जनाइएको छ।
कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रिय सभा अध्यक्षहरूले प्रयोग गरिरहेका सवारी साधन तथा अन्य सुविधा सम्बन्धी सम्पूर्ण विवरण इमेलमार्फत बुधबार कार्यालय समयभित्र उपलब्ध गराउन आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया