बुधबार २३ बैशाख २०८३
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने दलका नेता भीष्मराज आङ्देम्बे ले जानकारी दिएका छन्।

बैठकमा सभापति शेरबहादुर देउवा ले संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। आगामी संसद अधिवेशनमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे केन्द्रित प्रशिक्षण प्रदान गरिने बताइएको छ।

यसैबीच, रामचन्द्र पौडेल को आह्वानमा संघीय संसदका दुवै सदनको बैठक वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्ने तय भएको छ।

 

तपाईको प्रतिक्रिया